धरान प्रहरीद्वारा लुटेरा समूहको ठूलो गिरोह प्रक्राउ गर्न सफल

अ+
अ
अ-

धरान / लुटेरा समूहको ठूलो गिरोह धरान प्रहरीले प्रक्राउ गर्न सफल भएको छ । इलाका प्रहरी कार्यालय धरान र प्रदेश प्रहरी कार्यालयबाट सादा पोसाकमा खटिएका प्रहरीले सुराकीका आधारमा धरानमा विभिन्न स्थानबाट गए राति एक बजेको समयमा हतियारसहित तीन जनालाई प्रक्राउ गरेको हो । प्रक्राउ पर्नेमा धरान १५का ३९ बर्षीय सरोज गुरुङ, धरान ११ मा आफन्त प्रवीण राईको घरमा डेरा गरी बस्ने जिल्ला भोजपुर आमचोक गाउपालिका ६ का २९ बर्षीय विजय राई, भोजपुरका हतुवागडी गाउपालिका २ बस्ने ३१ बर्षीय सुरेश राई रहेका छन् । प्रहरीले सूचनाको आधारमा शुरुमा धरान १५ का सरोज गुरुङको घरमा छापा मार्दा लागूऔषधसहित पछाडिपछि रातो झोलामा लुकाइ राखेको अवस्थामा सनमिका इण्डष्ट्रियल लेखिएको पेस्तोल २ थान, पेस्तोलमा प्रयोग गरिने म्याजिन १ थान गोली लोड गर्ने म्याकजिन एक, म्याकजिनमा लोड भएको ७ः६५ लेखिएको गोली, ०७ लेखिएको पेस्तोल गोली थान १०, ७.६२ लेखिएको एसएलआरमा प्रयोग हुने गोली ५ थान, गुरुङको कोठाबाट दुई बोलत डाइलेक्स डिसी पछाडिबाट दुई वटा गरी बोतल फेला पारेको थियो ।

गुरुङलाई प्रक्राउ गरी सोधखोज गर्ने क्रममा प्रहरीले विजय राई र सुरेश राईको समेत नाम बताएपछि सोही समयमा उनीहरुको कोठामा प्रहरीले छापा मारेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी यज्ञविनोद प्राख्रेलले जानकारी दिनुभयो ।

धरान ११ का आफन्त प्रवीण राईको घरमा एउटै खोटामा डेरा गरी बसेका सुरेश र विजयको साथबाट भने प्रहरीले ७.६२ लेखिएको एसएलआरमा प्रयोग हुने गोली ९ थान, लागू औषध हैरो हिरोइनजस्ता देखिन सानो टिनको बासभित्र राखिएको अवस्थामा €ठसय ३० मिलीग्राम, फलामको नक १ थान, धारिलो हतियार खुकुरी २ थान,मुखुण्डो ३ थान, मोवाइल २ थान, डाइसको गोटी ६ थान र नगद १५ हजार १ सय ३५ रुपैया बरादद गरिएको एसपी पोख्रेलले बताउनुभयो ।

प्रक्राउ गरिएका तीनै जनाले प्रयोग गर्ने गरेको को २४ प ४१८९ नं का राता कालोरंगको पल्सर, को ९ प ४३९८ नम्बरका पल्सर र को ५ प ३७५७ नम्बरको एफजेट मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।

उनीहरु तीनै जनाको एक अर्कासंग कनेक्सन भएको र लामो समयदेखि सर्वसाधारणलाई धम्काई लुट्ने गरेको आशंका प्रहरीले गरेको छ । एक महिना अगाडि साउनेमा एक वैंक कर्मचारीमाथि भएको गोली प्रहारमा समेत उनीहरुको हात हुन सक्ने प्रहरीले आशंका गरेको छ । यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको र केही अनुसन्धानपछि पुनः पत्रकार सम्मेलन गरेर सम्पूर्ण कुरा सार्वजनिक गर्ने एसपी पोख्रेलले जानकारी दिनुभयो ।