रक्सीको नसामा नातिनीलाई जबरजस्ती करणी गरेको आरोपमा सातदोबाटो प्रहरीले ५१ वर्षे हजुरबालाई ललितपुरको टिकाथलीबाट पक्राउ गरेको छ ।आफ्नै छोरीको ४ वर्षे छोरालाई जबरजस्ती करणी गरेको आरोपमा रौतहट जिल्ला चन्द्र निगाहपुर–१ पौराही घर भई टिकाथलीको एक घरमा फ्ल्याट भाडामा लिई बस्दै आएका ५१ वर्षे हजुरबा पक्राउ परेको प्रहरीले पुष्टी गरेको छ ।आरोपीका छोरा र बुहारी विदेशमा भएको कारण आफ्नो संरक्षणमा रहेको नातिनीलाई सहोदर हजुरबाले दाईसँग कोठामा सुतेको अवस्थामा उठाएर आफूसँगै लगेर अप्राकृतिक मै*थुनको साथै जबरजस्ती करणी गरेको पीडित नातिनीले प्रहरीलाई बताएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका डीएसपी गौतम मिश्रले जानकारी दिए ।
आफुलाई सहोदर हजुरबाले जबरजस्ती करणी गरेको कुरा पीडित नावालिकाले आफ्नी फुपुलाई सुनाएपछि फुपुको जाहेरीको आधारमा प्रहरीले ब*लात्कारीलाई असार ९ गते पक्राउ गरेको प्रमुख मिश्रले बताए । पीडित नावालिकाको घाउ जाँच र आवश्यक स्वास्थ्य परिक्षणको लागि प्रसुती गृह थापाथलीमा लगिएकोमा त्यसको प्रारम्भिक रिपोर्ट आइसकेको र विस्तृत रिपोर्ट केही दिनभित्रै आउने प्रहरीले जनाएको छ।पक्राउ परेका नाबलिकाको हजुरबुबामाथि जिल्ला अदालत ललितपुरबाट मंगलबार नै पाँचदिनको म्याद थपि अनु सन्धान भइरहेको प्रहरीले जनाएको छ । पीडकको नाम सार्वजनिक गर्दा पीडित नातिनीको नाम पनि सार्वजनिक हुने हुँदा प्रहरीले दुबैको नाम गोप्य राखेको छ ।



