धरानमा छुरा प्रहारबाट १ जना घाईते

अ+
अ
अ-

सुनसरी / सुनसरीको धरान उप-महानगरपालिका-१४ तुर्केमा मंगलवार राती ८ बजे छुरा प्रहारबाट १ जना घाईते भएका छन् । रातीको समयमा स्थानीय बर्ष २० को रञ्जित तामाङलाई सोही स्थानका १९ बर्षीय पारुहाङ राई र टुईके भनिने राजकुमार तामाङले एक्कासी छुरा प्रहार गरेका थिए । घटनाको जानकारी पाए लगत्तै अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्क धरान र ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले घाईतेलाई उद्धार गरी उपचारको लागि बी.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाएको थियो । छुरा प्रहारबाट शरिरको छाती र ढाडमा चोट लागेका तामाङको सोही अस्पताल उपचार भईरहेको छ भने घटनामा संग्लग्न राजकुमार राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अर्का आरोपी तत्काल फरार रहेकोले खोजतलास भईरहेको उक्त कार्यालयले जनाएको छ ।