समाचार

उत्तम सञ्जेल पक्राउ

काठमाडौं, ३ असार । समता अस्पतालमा कार्यरत एक कर्मचारीले ‘झुन्डिएर आत्महत्या’ गरेको विषयलाई लिएर मृतकका आफन्त र स्थानीयवासीले प्रदर्शन गर्नुका साथै समता अस्पताल र समता स्कुलमा तोडफोड गरेका छन् ।

सो प्रकरणमा सत्य, तथ्य छानबिन गर्न भन्दै अस्पतालका सञ्चालक उत्तम सञ्जेल र उनकी पत्नीलाई प्रहरी प्रशासनले आज पक्राउ गरेको छ । उनीहरुलाई हिरासतमा राखी सोधपुछ गरिएको छ ।  काठमाडौंको कुमारीगालस्थित समता अस्पतालमा कार्यरत् रामेछापकी विमला तामाङले आत्महत्या गरेको घटनालाई लिएर सो क्षेत्र मंगलबार दिनभर तनावग्रस्त बन्यो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *