समाचार
कर्णाली नदीमा खसेको जीप अझै भेटिएन, सबै सवार बेपत्ता
सर्लाही – घरको छतबाट खसेर एक किशोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा सर्लाही सदरमुकाम मलंगवा नगरपालिका ३ निवासी राकेश गुप्ताकी १६ वर्षीया छोरी सपना गुप्ता रहेकी छन् ।
गुप्ताको मंगलबार दिउँसो लुगा सुकाउने क्रममा घरको छतबाट खसेर मृत्यु भएको हो।दुई तले घरको छतमा लुगा सुकाउँदै गर्दा तल खसेकी किशोरीलाई उपचारका लागि जिल्ला अस्पताल मलंगवा पुर्याए पनिचिकित्सकले मृत घोषणा गरेका थिए।
मृतक किशोरी माध्यमिक शिक्षा परीक्षा ९एसईई० दिएर बसेकी थिइन्।उनको मृत्युपछि परिवार अहिले शोकमा डुबेको छ ।

