समाचार

नेकपा एकीकृत समाजवादीका बागी उम्मेदवारी फिर्ता

टुकी संवाददाता,

            काठमाडौं। नेकपा एकीकृत समाजवादी बाट उमेद्वारी दिएका  २२जनाले उमेद्वारी फिर्ता लिएका छन् ।पार्टीको केन्द्रीय निर्णयअनुसार प्रतिनिधिसभा र प्रदेशसभाका उमेद्वारहरुले उमेद्वारी फिर्ता लिएका हुन् ।
हिजो  गठबन्धन दलहरु बिच भएको छलफलबाट बागी वा दोहोरो उम्मेदवारी परेको ठाउँमा उमेद्वारी फिर्ता गर्न आह्वान गरिएको थियो । गठबन्धनको निर्णयले उमेरद्वारी फिर्ता गर्नैपर्ने  बाध्यात्मक अवस्था रहेको बताएको थियो। देशभरका विभिन्न ठाउँमा परेका उम्मेदवारी फिर्ता नभए गठबन्धनलाई असर पर्न सक्ने गठबन्धनले निष्कर्ष निकालेको थियो।

नेकपा एकीकृत समाजवादीबाट प्रतिनिधि सभामा ४ र प्रदेश सभा १८ जनाको उम्मेदवारी परेको थियो। पार्टीको तर्फबाट सबै उम्मेदवारी फिर्ता भएको अध्यक्ष माधव कुमार नेपालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

             उमेरद्वारी फिर्ता गर्ने सबै उम्मेदवारलाई गठबन्धनको तर्फबाट बिशेष धन्यवाद प्रदान गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *