समाचार
आईतबार मौसममा उताडचढाव देखिने
काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पुर्वी तथा पश्चिमी भू-भागमा सामान्य बदली रहि मध्य भू-भागमा आंशिकदेखि सामान्य बदलि रहने छ , पूर्वी तथा पश्चिमी भू-भागका केही स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ । त्यस्तै रातको समयमा पूर्वी तथा मध्य भू-भागका थोरै स्थानहरुमा र पश्चिमी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन र हावाहुरीका साथ बर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


