समाचार

बेलायतमा आजदेखि पुनः ‘लकडाउन’

बेलायत, पुस २१ । नयाँ स्वरुपको कोरोना भाइरस फैलिन थालेपछि बेलायतमा पुनः देशव्यापी लकडाउन भएको छ । टेलिभिजन सम्बोधनमार्फत प्रधानमन्त्री बोरिस जोन्सनले मंगलबारदेखि पुनः लकडाउन भएको घोषणा गरेका छन् ।

बेलायमा गत मार्च २३ बाट तीन महिनाभन्दा लामो लकडाउन कायम भएको थियो भने नोभेम्बर ५ देखि ४ हप्ते दोस्रो लकडाउन गरिएको थियो। आफ्नो सम्बोधनको क्रममा प्रधानमन्त्री जोन्सनले खाद्यान्न र औषधि किन्न, दिनमा एकपटक शारीरिक व्यायाम गर्न, जोखिममा रहेका मानिसको सहयोग गर्न, उपचार वा कोभिड परीक्षण गर्न बाहेकका अवस्थामा घर नछोड्न आग्रह गरेका छन्।

मंगलबारदेखि नै स्कुल, कलेजहरु बन्द भएका छन् अव पुन अनलाइन कक्षाबाट पढाई गर्नसमेत उनको निर्देशन रहेको छ । हालको लकडाउन फेब्रुअरीभर कायम हुन सक्ने अनुमान गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *