समाचार

नाकाबन्दीले झन बलियाे कतार

काठमाडौं : कतारमाथि नाकाबन्दी लागेको दुई वर्ष भयो। छिमेकी साउदी अरेबिया, इजिप्ट, बहराइन र युनाइटेड अरब इमिरेट्स (यूएई) ले संयुक्त रूपमा लगाएको नाकाबन्दी भोग्दै छ कतार। २०१७ जुन ५ मा नाकाबन्दी लाग्दा कतार हतास देखिएको थियो। तर कतारले देशवासीलाई नाकाबन्दीको अनुभव हुन दिएन। ‘कठोर नाकाबन्दी चिर्दै कतार पूर्णतः आत्मनिर्भर बनेको छ’, कतारी कूटनीतिज्ञहरू भन्छन्, ‘हामी नाकाबन्दी बिर्संदै गएका छौं। ’ नाकाबन्दीले ठूलो पाठ सिकाएको र त्यसबाट कतार बाहिर निस्केको निष्कर्ष कतारको दरबारले निकालेको छ।

‘दुई वर्षमा कतारले आफूलाई अझ बलियो, सशक्त र परिष्कृत गरेको छ’, नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अरहैलले भने, ‘नाकाबन्दीले हामीलाई बलियो मात्र बनाएन पाठसमेत सिकाएको छ। हाम्रा नागरिकले नाकाबन्दी भुलिसके। तर मित्र मुलुकले जे गरे त्यो मानवीयता भने होइन।’ बाँच्न पाउने अधिकार कुण्ठित गर्ने निर्णय लिनु आफैंमा दुर्भाग्यपूर्ण रहेको निष्कर्ष कतारको रहेकाे खबर आजको अन्नपूर्ण पाेस्ट दैनिकमा छ।

‘हामीले त बिर्सिसकेका छौं। तर अन्तर्राष्ट्रिय मञ्चमा यो विषय उठाउन छाडेका छैनौं,’ उनले भने, ‘राष्ट्रसंघदेखि धेरै ठाउँमा यो विषय उठाएका छौं। ’ सन् २०२२ मा फिफा विश्वकपका लागि अग्रसर कतारले कुनै काम रोकेको छैन। कतार अहिले भौतिक संरचना निर्माणमा वैदेशिक लगानीका लागि सुरक्षित वातावरण दिन जुटेको छ। हवाई उडान घटाएको छैन भने ठूला पानीजहाज नआउने ठाउँमा साना पोर्ट बनाएर काम चलाइरहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *