समाचार
भारतमा पनि भीषण हावाहुरी र वर्षा : १८ जनाको मृत्यु, ५० जना भन्दा बढी घाइते
एजेन्सी- भारतको उत्तर प्रदेशमा आएको हावाहुरीसहितको वर्षा र चट्याङका कारण १८ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मैनापुरीमा ६ जना, एटा र कासगंजमा ३–३ जना तथा मुरादाबाद, महोबा, हमीरपुर, फरुखाबाद, जालौन र बदायुंमा १–१ जना रहेको भारतिय मिडियाले जनाएका छन् ।
बिहीबार दिनभर प्रचण्ड गर्मी भएको र साँझ ७ बजे एक्कासी मौसम परिवर्तन भई हावाहुरी चलेको बताइएको छ ।हावाहुरीका कारण घरहरु भत्किँदा ५० जना भन्दा बढी घाइते भएको बतायउको छ । कतिपय ठाउँमा असिना परेको छ। हावाहुरीपछि धेरै ठाउँमा विद्युत सेवा अवरुद्ध भएको छ।


