समाचार
भेनेजुएला प्रकरण : ओलीले अमेरिकी राजदुतलाई किन भेट्न चाहे ?
काठमाडौं, २१ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदुत र्याण्डी डब्लु. बेरीसँग भेटवार्ता गर्न चाहेका छन् । भेनेजुएलामा जारी राजनीतिक संकटबारे नेपाल सरकारको धारणा (वक्तव्य) बाट अमेरिका बिच्किएको छ ।

हालै सरकारले काठमाडौंमा आयोजना गरेको कुटनीतिक ब्रिफमा पनि अमेरिकी राजदुत बेरी आएनन् । राजदुतले उक्त ब्रिफिंग बहिष्कार गरेको भनेर समाचार आएपछि त नेपाल अमेरिका सम्बन्ध बिग्रिन लागेको अनुमानहरु समेत बाहिर आएका छन् ।
