समाचार
खोलामा नुहाउने क्रममा डुबेर शर्मिलाको ज्यान गयो
संखुवासभा खोलामा डुबेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा शर्मिला लिम्बु रहेकी छिन् । घरनजिकैको कुसुवा खोलामा मा नुहाउने क्रममा डुबेर २१ वर्षिया शर्मिला लिम्बुको बिहीबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामेश्वर पण्डितले जानकारी दिए ।
शर्मिलाको शव पोष्टमार्टका प्राथमिक स्वास्थ्य केन्द्र, चैनपुर लाने तयारी भएको छ। मृतकाका माइती पक्ष शुक्रबार मात्र आएकाले शव पोष्टमार्टमका लग्न ढिलाइ भएको बताइएको छ।
