समाचार

मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घन्टासम्म सतर्कता अपनाउन आग्रह

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घन्टा देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना औंल्याउँदै सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाले आज (मंगलबार) बिहान ६ बजे सूचना जारी गर्दै देशका पूर्व, मध्य र पश्चिम क्षेत्रका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको जानकारी दिएको हो।

उक्त वर्षाले देशका पहाडी भूभागमा पहिरो जाने तथा तराईमा बाढी आउन सक्ने उल्लेख गर्दै आगामी २४ घन्टासम्म सतर्कता अपनाउन प्रभावित क्षेत्रका बासिन्दालाई होसियारी अपनाउन महाशाखाले आग्रह गरेको छ। साथै हवाई तथा सडक यातायातमा समेत वर्षा र कम भिजिबिलिटीका कारण अवरोध आउन सक्ने महाशाखाले उल्लेख गरेको छ।

महाशाखाका मौसमविद्का अनुसार मनसुन न्यून चापीय रेखा अहिले नेपालको तराई भूभागमा अवस्थित छ । जसका कारण मनसुनी गतिविधि देश भर सक्रिय अवस्थामा छ। अहिले देशका मध्य तथा पूर्वी भूभागमा सामान्यदेखि पूर्णसम्म बदली छ । पश्चिमी भूभागमा आंशिक देखि सामान्य सम्म बदली छ। अहिले पश्चिमी तथा मध्य भूभागका केही स्थानमा तथा पूर्वी क्षेत्रका धेरै स्थानमा वर्षा भइरहेको मौसमविद्ले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *