समाचार

अझै भेटिएन श्रेया कुटवाल,बिहान स्कुल जान तयार भएकी छोरी हराए पछी परिवार तनावमा आमाको रुवाबसी

काठमाडौं बस्दै आएकी सुर्योदय नगरपालिका १ गोर्खेकी १४ वर्षीया श्रेया कुटवाल सोमबारदेखि हराएकी छन्। काठमााडौंको बसुन्धारामा रहेको साउथ वेष्टन स्कुलमा अध्ययनरत बालिका घरबाट हराएको परिवाले बताएका छन्। सोमबार बिहान ६ बजे स्कुल जान तयार भएकी श्रेयाको विद्यालय पोसाक भने कोठामै भेटिएको छ।मामा टेकराज खत्रीको घरमा बस्दै आएकी कटुवाल बसुन्धाराको साउथ वेस्टन स्कुलको कक्षा ९ मा अध्यानरत थिइन्। बिहानै ल्यापटप बोकेर घरबाट हिँडेकी श्रेया रातिसम्म घर नफर्किएको दिदी अनिता कटुवालले जानकारी दिइन्।

उनलाई खोज्न श्रेयाका बाबु अम्बिर कुटुवाल काठमाडौं पुगेका छन्। बालिकाले फोन भने कोठामै छोडेको दिदी अनतिाको भनाइ छ। श्रेया बसेको स्थानबाट उनले बढ्ने विद्यालय दुई मिनेटको दुरीमा छ। अनिताले भनिन्, ‘उपत्यकाका सीसी क्यामेरामा उनलाई कतै देखिएन।’ परिवारले उनको खोजीका लागि प्रहरीलाई सोमबारनै जानकारी दिएको अनिताले बताइन्। आमा लोकमाया कटुवाल छोरी हराएपछि तनावमा छन्। उनले छोरीको खोजीका लागि पहल गरिदिन सबैलाई अनुरोध गरेकी छन्। 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *