समाचार
पत्रकारको नाकको हड्डी भाचिदिन्छु भन्दै चर्चामा आएका मेयर चौधरीले भने ‘बरु मेरो पुरै सम्पती सकियोस गरिब दुखी जनताका लागि मर्न तयार छु’
इटहरीका मेयर द्वारिकालाल चौधरी पत्रकारलाई लोपारेर एकाएक चर्चामा आएका थिए । यति मात्र नभएर रबि लामिछानेले फोन गरेर यसबारे बुझ्दा रबिलाइ पनि नटेरेका थिए । उनी भ्रष्टाचार र हेपाइ बिरुद्ध उत्रिदै आएका छन । उनले आज इटहरीमा कार्यक्रम नै गरे ।
भ्रष्टाचारिलाई जरैदेखि उखेलेर फाल्नु पर्छ भन्दै हजारौंको उपस्थितिमा उनले स्टेजबाटै भ्रष्टाचारि र गलत सम्प्रेषण गर्ने पत्रकारहरुलाई खुल्ला चेतावनी पनि दिएका छन । उनी भन्छन ूराजनीति गरेरै मेरो आधा सम्पत्ति सकियो ।
पुरै सकियोस मलाई केही मतलब छैन म सडकमै पुगौला तर गरिब दुखी जनताका लागि आफू मर्न पनि तयार छुू यति मात्र नभएर उनले अङ्ग्रेजीमा समेत भाषण गरेर सबैलाई चकित पारे ।




