समाचार
कस्तुरीको बिना सहित किसन ठकुरी र श्याम गुरुङ पक्राउ

काठमाडौं , महानगरपालिका प्रहरी बृत दरबारमार्गले काठमाडौँ महानगरपालिका वडा न. २७ ज्याठा मा कस्तुरीको बिना थान-५ सहित २ जना मानिस पक्राउ गरेको छ। दुर्लभ बन्य जन्तु कस्तुरीको बिना अबैध रुपमा संचय गरी बिक्रि बितरणको लागी ओसार पसार गरिरहेको भन्ने बिशेष सूचनाको आधारमा त्यस्ता कारोवार गर्ने ब्यक्ति का.जि.का.म.न.पा.२० भिमसेनस्थान बस्ने बर्ष-२४ को किसन ठकुरी र जिल्ला सिन्धुपाल्चोक पेट्कु गा.पा.वडा नं.४ घरभई हाल ललितपुर धापाखेल बस्ने बर्ष-२८ को श्याम गुरुङ पक्राउ परेका छन्।
बिशेष सुराकी आधारमा दरबारमार्ग बृत प्रहरी निरक्षक फल बहादुर तामाङको कमाण्डमा खटिएको प्रहरी टोलीले चेक जाच गर्दा उनिहरु पक्राउ परेका हुन् । उनिहरुको साथमा रहेको कालो झोला खोलि हेर्दा उक्त झोला भित्र अवैध बन्यजन्तु कस्तुरीको बिना थान-५ भेटिएको छ । पक्राउ परेकालाई थप कारवहिको लागि जिल्ला वन कार्यालय काठमाडौं पठाइएको दरबारमार्ग बृतका प्रमुख डिएसपी दान बहादुर मल्लले बताए ।
यस अघि पनि दरबारमार्ग बृत प्रहरी निरक्षक फल बहादुर तामाङले दुर्लभ बन्यजन्तु रेड पाण्डाको छाला थान- ५ सहित दुई जना सोलुखुम्बु दुधकोशी गा.पा.५ का शुक्र राई र जिल्ला सोलुखुम्बु गा.वि.स साबिक मुक्ली गा.वि.स.वडा नं.३ का पबन श्रेष्ठ पक्राउ गरेका थिए ।
