समाचार
शोकमा डुब्यो पाँचथर, यसरि गरिएको रहेछ ९ जनाको सामुहिक हत्या !
काठमान्डौ : मिक्लाजुङ ३ आरुबोटेमा आज राती ९ जनाको हत्या भएको छ । आरुबोटे ३ को वडा कार्यलय छेउमा सो घटना भएको हो । धन राज शेर्माको ५ जना परिवार र बमकुमार फियाकको ४ जनाको हत्या भएको छ । एकै गाँउ का दुई परिवारको हत्या हुदा गाँउ पुरै शोकमा रहेको स्थानिय जीवन फियाकले जानकारी दिए ।पाँचथर एक हप्त्ता अगाडी देखि शोखमा परेको छ ।
हिलिहाङमा १५ वर्षिय बालीकाको हत्या भएको एक साता पछि अर्को भयानाक हत्या भएको छ । एक पछि अर्को हत्या हुदा जिल्ला पुरै शोकमा छ । हत्या गरिएका हरुमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मन कुमारी फियाक,६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, ८ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, नाम प्राप्त नभएकी बहबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बूको विभत्स हत्या भएको हो ।
१२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन् ।उनी गम्भीर घाइते छन् ।मध्यरात भएको घट्ना स्थानीयले विहान मात्रै थाहा पाएका थिए । घाइते सीताले स्थानीयलाई दिएको जानकारी अनुसार मखुन्डो लगाएर आएको समूहले धारिलो हतियार प्रहार गरि सबैको हत्या गरेको थियो । घट्नास्थलमा दशमीबजार स्थित प्रहरी चौकीको टोली विहान ६ बजे पुगेको छ भने इलाका प्रहरी कार्यालय रबि र जिल्ला प्रहरी कार्यालयको टोली घट्नास्थल तर्फ लागेको छ ।
प्रहरी निरीक्षक अनिलकुमार पौडेलले नौ जनाको हत्या भएको स्थानीयवासी र घट्ना स्थलमा रहेका प्रहरीहरुले पुष्टि गरेको जानकारी दिनु भयो । जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी नायव उपरीक्षक नरेन्द्र कुँवर नेतृत्वको टोली समेत घट्ना स्थलमा पुग्न लागेको पौडेलले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय रबिबाट प्रहरी निरीक्षकको नेतृ त्वको टोली घट्नास्थलमा पुगिसकेको छ ।


