समाचार

पौडी खेल्नेक्रममा डुबेर दुई जनाको मृत्यु

रुपन्देही / रुपन्देहीमा पौडी खेल्नेक्रममा डुबेर दुई जनाको मृत्यु भएको छ । सैनामैना नगरपालिकाका दुई युवकको आज पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । सैनामैनाको वडा नं ३ मा रहेको काली पोखरीमा पौडी खेल्ने क्रममा डुबेर वडा नं ८ का ३२ वर्षीय डोलबहादुर खप्तरी मगरको मृत्यु भएको हो ।
त्यस्तै आजै स्थानीय इङ्गोरिया खोलामा डुबेर वडा नं ८ का अन्दाजी १८ वर्षका आशिष न्यौपानेको मृत्यु भएको इलाका प्रहरी कार्यालय मुर्गियाका प्रहरी निरीक्षक केशव बस्नेतले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *