समाचार
खरिद ऐन र मजदुर कानुन खारेज गर्न महासचिव भुषालकाे माग

पुस,१३ शनिबार ,२०८१
काठमाडौ । नेकपा एकीकृत समाजवादी का महासचिव घनश्याम भूषालले `खरिद ऐन र मजदुर कानुन´ खारेज गर्न माग गर्नु भएको छ। (शनिबार) आज नेपाल सुरक्षा श्रमिक ट्रेड यूनियन केन्द्रीय कमिटीले काठमाडौमा गरेको एक कार्यक्रममा सम्बाेधन गर्दै भूषालले खरिद ऐन खारेजीको माग गर्नु भएको हो ।
श्रम ऐन अन्तर्गत बनेको कानुनले मजदुरलाई अन्याय पारेको तथ्यलाई स्विकार गर्दै महासचिव भूषालले आउटसाेर्ससँग बाझिने कानुन खारेजीकाे पक्षमा नेकपा एकीकृत समाजवादीले पहल गर्ने बताउनु भएको छ।
मजदुरहरुकाे मुद्दा उत्पदन, राेजगार,निर्यात र विकाससँग जाेडिने हुनाले यो समग्रमा राष्ट्रिय मुद्दा भएको उहाँकाे धारणा थियो । उहाँले भन्नू,` वास्तवमा ७४ काे संविधानले राज्य निर्माण गर्न सकेन,राज्यले उचित नेतृत्व पाएन ,राम्रोसँग नेतृत्व गर्न नसक्ने कमजोर सरकारले श्रमिकको पक्षमा अभिभावकत्व ग्रहण गर्न सकेको छैन् ।´ अहिलेकाे नेतृत्वले बिचौलिया,भ्रष्ट र दलाल पुँजिपतिकाे मात्र संरक्षण गरेको उहाँको आराेप छ।
देशमा राष्ट्रिय पुँजिपतीलाई स्थापित गराउन नसक्दा श्रमिक मर्कामा परिरहने र राेजगार,उत्पादन र निर्यातमा समस्या सिर्जना हुने गरेको छ। राष्ट्रिय पुँजिपती उत्पादन गर्ने र राेजगारी दिने समूह हुन् , तिनले कमाएको नाफाले देश चल्छ। तर दलाल पुँजिपती र बिचौलीयाले राजस्व पनि नतिर्ने खराब प्रवृतिले प्रसय पाएकाेमा चिन्ता ब्यक्त गर्नु भयो।
महासचिव भूषालले नेपालमा गणतन्त्रपछि सामाजिक तथा संस्कृति लफङगाहरुकाे नेतृत्व मौलाएको र उनिहरुले नै कार्य विभाजन गरी एकलौटी गराउनुका साथै राज्यले श्रमिकको माग पूरा गर्ने सहयोग नगरेको प्रष्ट पार्नु भएको छ।
हाल सडकमा उठेका जनआवाजलाई संविधानले परिकल्पना नगरेकाे भन्दै नेतृत्व वा सरकारले समग्र विषय माथिकाे तथ्यलाई पूरा गर्न नसक्दा विकराल समस्या भएको उहाँकाे तर्क थियो ।गणतन्त्रका मुल नेतृत्वले अाफ्नाे अस्थित्व गुमाएकाले,अब नागरिकले जिम्मेवार र सचेत बन्नु पर्ने बेला आएको छ । भूषालले भन्नू भयाे ।
एमालेबाट निकालिएका नेता भिम रावलकाे चिन्ता गर्दै भूषालले दास मानसिकता र प्रश्न गर्ने विरुद्ध जाइलाग्ने नेतृत्वकाे सिकार भिम रावलले बन्नु परेकाेमा दुख ब्यक्त गर्नु भयो। पार्टिमा भजन गाउने र गुटलाई बलियो बनाउनेकाे व्यबस्थापन मात्र गरेका छन्,तसर्थ उनिहरु स्खलित हुँदै गएका छन् । हरेक पार्टीमा दाेस्राे पुस्ताका नेता कार्यकर्ताले बचेर हिड्न गाराे भएको यथार्थलाई सार्वजनिक गर्दै ,उहाँले भिम रावललाई एकीकृत समाजवादीमा आउन अनुराेध पनि गर्नु भएको छ।


