समाचार

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गरे प्रहरी वृत्त गौशालामा छड्के जाँच, देखियो यस्तो दृश्य

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल महानगरीय प्रहरी वृत्त गौशाला पुग्दा प्रहरी अधिकारीहरु छक्क परे । एक्कासी छड्के गएका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सो वृत्तमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिंदै प्रहरी हरपल नागरिकको सेवामा समर्पित हुनुपर्ने निर्देशन दिए । सो अवसरमा महानिरीक्षक खनालले हरेक सेवाग्राहीलाई छिटोछिटो सेवा प्रदान गर्नुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले भने, “हरेक सेवाग्राहीलाई प्रहरीको सेवा प्रवाह राम्रो रहेको महसुस हुने गरी उत्कृष्ट काम गर्नुपर्छ ।”

सामान्य नागरिकलाई सद्व्यवहार गर्न र अपराधविरुद्ध कानुनी कठोरता अपनाउनुपर्नेमा प्रहरी अधिकारीहरुलाई निर्देशन सहितको आग्रह गर्न भ्याए । खनालले अगाडी बढ्दै भने समुदाय–प्रहरी साझेदारी कार्यक्रमका मूल्य मान्यता अनुरुप सेवाग्राहीलाई त्यसको उपादेयता महसुस हुनुपर्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *