समाचार

सेतिदेवि मध्यामिक बिद्यालयले मनायो ५० अौ स्वर्ण जयन्ती

मंसिर,२९

काभ्रेपलान्चोक । काभ्रेको भुम्लु गाउँपालिका १ सापिङ्गमा रहेको सेतिदेबि माध्यामिक बिद्यालयले आफ्नो ५०अौ स्वण जयन्ती तथा स्मारिका विमोचन २०७९ मनाएको छ ।

उक्त कार्यक्रममा नवनिर्वाचित प्रदेश सांसदहरुद्वय लक्ष्मण लम्साल र  रत्न ढकालकाे प्रमुख आतिथ्यता रहेको थियो । यस्तै कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रेम बहादुर भुजेल ,उपाध्यक्ष जितमान लामाङ्(दावा लामा )समाजसेवि ताराबहादुर कुवँर ,डा चन्द्र प्रसाद लुईटेल अतिथि  यातायात मजदुर संघ केन्द्रीय अध्यक्ष  दिपक के.सि भुम्लु शिक्षा शाखा प्रमुख लगाएत पुर्व व्यवस्थापन समिति को पदावधिकारि जनप्रतिनिधीहरू पुर्वविद्यार्थीहरू तथाशिक्षाप्रेमी  सुभचिन्तक अभिभावक हरूको उत्साहपूर्ण  उपस्थिति रहेको थियो ।

अतिथि लक्षमण लम्साल र रत्न प्रसाद ढकालले संयुक्तरूपमा  दिप प्रज्वलन गरि  कार्यक्रमको उत्घाटन गर्नु भएको थियो ।  विशेष अतिथि  रहनु भएका माननिय लक्ष्मण लम्सालले विद्यालयको शैक्षिक ,भौतिक विकासमा सहयोग गर्ने बताउदै  , शिक्षक र अभिभावकाे खुलेर  प्रशंसा गर्नु भयो ।  शिक्षाकाे क्षेत्रमा  स्थानीयतहकाे  सहकार्यमा आफ्नो तर्फबाट साथ सहयोग  रहनेछ । आगामी दिनमा विद्यालयकाे शैक्षिक र भौतिक संरचना लगाएत विद्यालयको सर्वपक्षीय विकाशमा जनप्रतिनिधि को हैसियतले थप योगदान पुर्याउने प्रतिबद्धता जाहेर गर्नुभएकाे छ ।

कार्यक्रममा बाेल्दै  प्रमुख  अतिथि माननीय सांसद रत्न ढकालले एक विध्यालय एक नर्स प्रदान गरेको , विद्यालयको लागि थप खेलकुद सामाग्री साथै खेलमैदान र विद्यार्थीको लागि बस सेवा उपलब्ध गराउन पहल गर्ने  प्रतिबद्धता व्यक्त गर्नु भयो।त्यसैगरीअखिल नेपल  यातायात मजदुर संघ केन्द्र  अध्यक्ष दिपक केसि , वडा अध्यक्ष लेखनाथ श्रेष्ठ लगायतले स्वागत मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा विद्यालयका विद्यार्थीले विभिन्न कला कौशल प्रस्तुत गर्नुका साथै झाँकि सहित गीत ,नृत्य मार्फत कार्यक्रमलाई थप रौनक बनाएका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *