समाचार
हेलिकोप्टरबाट वन्यजन्तुको अंग तस्करी गर्ने महिला पक्राउ
काठमाडौं / हेलिकोप्टरमार्फत प्रतिबन्धित वन्तजन्तुको अंग तस्करी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हुम्लाको ताँजाकोट गाउँपालिका–५ की २९ वर्षीया सम्झना बुढा छन् । मंग्लबार बिहान करिब ९ बजे सिम्रिक एयरको हेलिकोप्टरमार्फत गोरखाबाट घापबाट काठमाडौं आएकी उनलाई विमानस्थल सुरक्षा प्रहरी कार्यालयले पक्राउ गरेको हो । विमानस्थल प्रहरी प्रमुख डीआईजी सुर्य उपाध्यायले अनलाइनखबरलाई बताएअनुसार बुढाले सेतो रंगको बोरामा कालो रंगको वन्यजन्तुको सिंग जस्तो देखिने वस्तु बोकेकी थिइन् ।विमानस्थलको फलामे गेट प्रहरी चेकिङ्ग एरियामा एक्सरे मेसिनमा स्क्रीनिङ गर्ने क्रममा वन्यजन्तुको सिंग फेला परेको उनले बताए । उनका अनुसार थप अनुसन्धानका लागि प्रहरीले उनलाई जिल्ला वन कार्यालय, हात्तीसार पठाएको छ ।




