बिचार/ब्लग

किसानले सहज र पारदर्शी रुपमा बिनाझञ्झट ऋण पाउनुपर्छ, सुकिलो–मुकिलो र पहुँचवाला हुनुपर्ने प्रथाको पूर्णरुपमा अन्त्य

हेटौँडा ।प्रदेश नं ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले बैंक तथा वित्तीय संस्थाले किसानलाई सहज र पारदर्शी रुपमा ऋण उपलब्ध गराउनुपर्ने बताउनुभएको छ ।प्रदेश ३ को प्रदेश नीति तथा योजना आयोगद्वारा आयोजित कृषिको वित्तीय स्रोत व्यवस्थापन तथा विक्तीय हस्तान्तरण कार्यत्रममा उहाँले भन्नुभयो, “वास्तविक किसानले सहजरुपमा ऋण पाउन सक्नुपर्दछ ।”

मन्त्री ढुङ्गेलले हरेक क्षेत्रमा अवसर पाउन सुकिलो–मुकिलो र पहुँचवाला हुनुपर्ने प्रथाको पूर्णरुपमा अन्त्य गर्नुपर्ने बताउँदै सर्वसाधारण नागरिकले सहज रुपमा सार्वजनिक सेवा पाउने वातावरण सिर्जना गर्नुपर्दछ भन्नुभयो ।

प्रदेश ३ का भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामाले किसानका लागि भनेर स्थापना भएको कृषि विकास बैंकले कृषि क्षेत्र तथा किसानका लागि काम गर्नुपर्ने बताउनुभयो ।कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले प्रदेश ३ को आवश्यकता र प्राथमिकतालाई हेरेर बैंकले प्रदेशसँग सहकार्य गर्ने बताउनुभयो । “हामीलाई प्रदेश सरकारले सदुपयोग गरोस्् भन्ने हाम्रो चाहना छ,” उहाँले भन्नुभयो ।

प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर खिमलाल देवकोटाले कृषिमा वित्तीय स्रोतको व्यवस्थापन गरेर उत्पादन वृद्धि गरिनुपर्नेमा जोड दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *