समाचार

डाक्टरले निकाले मानिसको पेटबाट ६ इन्च लम्बाईका ११६ वटा फलामका किला

काठमाडौं । भारतमा एक मानिसको पेटबाट ६ इन्च लम्बाई भएका ११६ वटा फलामका किला निकालिएको छ । राजस्थानको बुन्दी जिल्लाका एक व्यक्तिको पेटबाट डाक्टरले साढे ६ इन्च लम्बाई भएका ११६ वटा किला निकालेका छन् । डाक्टरले अप्रेसन गरेर ती मानिसको पेटबाट साढे ६ इन्च लम्बाई भएका ११६ वटा फलामका किलासहित फलामका गोली र तार पनि निकालेको हो ।

डाक्टर अनिल सैनीले दुई घण्टा लगाएर ४२ वर्षका पुरुषको शल्यक्रिया गरेका थिए । ती व्यक्ति मानसिक रोगी रहेको बताइएको छ । यति ठूलो संख्यामा पेटमा किला रहेको र ती व्यक्ति अझै पनि जिउँदै रहेको घटनाले डाक्टर समेत अचम्ममा परेका थिए ।

बिरामीको स्वास्थ्य अवस्था सुधारोन्मुख छ तर उनी कुरा गर्न सक्ने अवस्थामा नरहेका कारण घटनाबारे थप जानकारी प्राप्त भएको छैन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *