समाचार

गोदावरी सडकको निर्माण ठप्प

सम्झौता अवधि छ महीना मात्रै बाँकी हुँदा कर्मनाशा खोलाबाट हरिसिद्धि हुँदै गोदावरी कुण्डसम्मको सडक निर्माण अघि बढ्न सकेको छैन । स्थानीयवासीको अवरोधका कारण निर्माण शुरु भएको तीन वर्षमा १० प्रतिशत मात्रै काम सकिएको छ । यो सडकमा स्थानीयवासीले घरसँगै जग्गाको समेत मुआब्जा माग गरेर निर्माण कार्य अघि बढाउन नदिँदा भौतिक प्रगति कम भएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । सडक मापदण्डभित्र पर्ने १२० घर सर्वोच्च अदालतको आदेशका कारण भत्काउन नसकिएको उक्त आयोजनाका इञ्जिनीयर विश्वविजयलाल श्रेष्ठले बताउनुभयो ।

उपत्यकाका विस्तार गर्न लागिएका कतिपय सडकमध्ये उपलब्ध भएका स्थानमा कालोपत्र गर्ने सरकारले निर्णय भएको जानकारी दिँदै उहाँले भन्नुभयो, “यो सडकका लागि त्यस्तो निर्णय पनि नभएको र स्थानीयवासीले घर र जग्गा दुवैको मुआब्जा मागिरहेकाले निर्माण ठप्प भएको हो ।” सात दशमलव छ किलोमिटर लामो सोे सडक निर्माणका लागि आशिष सिएम जेभी र लामा समानान्तर जेभी ठेकेदार कम्पनीसँग विसं २०७३ असारमा ठेक्का सम्झौता गरिएकामा आगामी कात्तिकमा संझौता अवधि सकिने इञ्जिनीयर श्रेष्ठले बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *