समाचार
बिबाहमा गएर घर फर्कन लाग्दा भीरबाट लडेर खड्काको गयो ज्यान
उदयपुरः उदयपुरको कटारी नगरपालिका १० थुम्कीमा भिरबाट लडेर ७९ वर्षीय बृद्धको ज्यान गएको छ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका २ घर भएका ७९ वर्षीय नरबहादुर खड्काको ज्यान गएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी चन्द्रदेव राईका अनुसार कटारी नगरपलिका ९ मा रहेको छोरीको घरमा भएको बिबाहमा सहभागी भई शनिबार दिऊँसो घर फर्कने क्रममा भिरबाट लडेर मृत्यु भएको हो।
भिरबाट करिव २०० मिटर तल एक व्यक्ति मृत अवस्थामा रहेको भन्ने स्थानीयवासीले प्रहरीलाई खबर गरेसँगै शव परीक्षणको लागि कटारी अस्पताल लगिएको हो ।

