समाचार
कास्कीका किसान चैतेधान खेतीतर्फ आकर्षित , यसवर्ष समय-समयमा वर्षा भइरहेकाले गत वर्षको तुलनामा उत्पादनमा वृद्धि हुने
कास्की जिल्लाको सिञ्चित क्षेत्रका किसान चैते धानको खेतीतर्फ आकर्षित हुन थालेका छन् । चैत महीनामा धानबालीको रोपाइँ गरेपछि तीन महीनाको अवधिमा बाली तयार हुनुका साथै राम्रो उत्पादन पनि हुने थालेकाले किसान आकर्षित भएका हुन् । चैते धानका लागि पर्याप्त पानी र रासायनिक मलको आवश्यकता पर्दछ ।
कास्की जिल्लामा गतवर्ष ४५० हेक्टर जग्गामा चेत धानखेती गरिएको थियो । किसानले एक हजार २११ दशमलव चार मेट्रि««क टन उत्पादन गरेको कृषि ज्ञान केन्द्र कार्यालय, स्याङ्जाका प्राविधिक टङ्कप्रसाद चौलागाईंले जानकारी गराउनुभयो ।
पोखरा महानगरपालिकाको पटनेरी, माटेमसिना, सुरौदीका साथै कास्कीका सिञ्चित ग्रामीण क्षेत्रको खेतीयोग्य जग्गामा चैतेधानको खेती हुने गर्दछ । चालु आर्थिक वर्षमा सोही हाराहारीमा किसानले चैतेधानको खेती गरेका छन् ।
यसवर्ष समय–समयमा वर्षा भइरहेकाले गत वर्षको तुलनामा उत्पादनमा वृद्धि हुने सम्भावना रहेको उहाँले बताउनुभएको छ । चालु आर्थिक वर्षमा कास्कीमा ६ हजार ८२० हेक्टर जग्गामा गहुँखेती गरिएकामा १२ हजार ८२१ मेट्रिकटन गहुँ उत्पादन भएको सो कार्यालयले जनाएको छ ।

