समाचार
पाल्पामा जन्ती बोकेको जिप पल्टियो : ५ जनाको घटनास्थलमै मृत्यु, घटनाको विस्तृत विवरण आउन बाँकी
पाल्पा– पाल्पाको निस्धि गाउँपालिका ७ मा जन्ती बोकेको जिप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । निस्धिको भवास भन्ने स्थानमा लु १ ज १९४१ नम्बरको जन्ती बोकेको जिप दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घटना भएलगत्तै प्रहरीको एक टोली घटनास्थलतर्फ गएको बताइएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।


