समाचार

पार्टीलाई सङ्गठित गर्न जागरण अभियान : नेता थापा

काठमान्डाैं / नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले पार्टीलाई सङ्गठित गर्दै आगामी निर्वाचनमा पहिलो शक्ति बनाउनका लागि जागरण अभियान शुरु गरिएको बताउनुभएको छ । काङ्ग्रेस इच्छाकामना गाउँपालिकाले आज आयोजना गरेको कार्यकर्ता भेलामा नेता थापाले कार्यकर्ताको मनोबल उच्च बनाउन र एकता कायम गर्नका लागि जागरण अभियान महत्वपूर्ण हुने बताउनुभयो । काङ्ग्रेस इच्छाकामना गाउँपालिकाका संयोजक विष्णु कुँवर, काङ्ग्रेस चितवनका निवर्तमान सभापति टेकप्रसाद गुरुङ्, प्रदेशसभा सदस्य मिलनबाबु श्रेष्ठ, इच्छाकामना गाउँपालिकाका अध्यक्ष गीताकुमारी गुरुङ्, काङ्ग्रेस नेता सावित्री पुडासैनी, हिरा गुरुङ्, रामबहादुर लामालगायतले जागरण अभियानबारे आ–आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थानीय नेता जीतबहादुर रानासहित १६८ जना काङ्ग्रेसमा प्रवेश गरेको काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *