समाचार
आ.ब. २०८०/८१ मा भुम्लु गाउँपालिकाकाे ६७.१६ प्रतिशत वित्तीय प्रगति

पुस२२ साेमबार २०८१
काभ्रेपलान्चोक । आर्थिक वर्ष २०८०/०८१ मा विषय क्षेत्रगत र उपक्षेत्रगततर्फ भुम्लु गाँउपालिकाले ६७.१६ प्रतिशत वित्तिय प्रगति हासिल गरेको छ । साेमबार जिल्ला समन्वय समिति काभ्रेले सार्वजनिक गरेकाे स्थानीय तहहरुकाे बार्षिक प्रगति विवरण समिक्षामा भुम्लु गा.पाले ६७ प्रतिसत वित्तीय प्रगति हासिल गरेको तथ्यांकले देखाएको छ।
गाउँपालिका पूर्ण खोपयुक्त पालिका घोषणा भइसकेकाे छ । बाल विवाह र बहुविवाहको समस्या पाइएको छैन । सडक बालवालिकाहरु गाउँपालिका भरि नै छैनन् भने योजनाहरु निर्माण गर्दा लक्षित समुहलाई ध्यानमा राखेर निर्माण गरिँदै आएको छ । गाउँपालिकाबाट वितरण गर्दा कृषि सामाग्री (ट्याक्टर, च्यापकटर लगायत), उन्नत जातका भैसी/राँगा/बाख्रा वितरण गर्दा आर्थिकरुपले विपन्न, दलित, सिमान्तकृत र अल्पसङ्ख्यकहरुलाई प्राथमिकतामा राखिएको छ भने ग र घ वर्गको परिचय पत्र प्राप्त गरेका अपाङ्गता भएका ब्यक्तिलाई वार्षिकरुपमा जिविकोपार्जनका लागि गाउँपालिकाले आर्थिक सहायता गरिँदै आएको छ ।
गर्भवतीहरुलाई निःशुल्क स्वास्थ्य जाँचको व्यवस्था गर्नुका साथै आवश्यकता अनुसार निःशुल्क एम्बुलेन्स सेवा पनि उपलब्ध गराइएको छ । स्थानीय/रैथाने बालीको संरक्षण गर्ने उद्देश्यले उत्पादनका आधारमा किसानलाई कोदो प्रतिपाथी २५ रुपैयाँ र फापर प्रतिपाथी ३० का दरले अनुदान दिँइदै आएको छ । भुम्लु गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिकाबीचमा रहेको सीमा विवाद, भुम्लु गाउँपालिकाको वडा नम्बर ७ र ८ को पूरै तथा भुम्लु २ मा रहेको लालपूर्जा समस्या गाउँपालिकाका मुख्य समस्या हुन् ।


