समाचार

पुल नहुँदा एकडाराका स्थानीयलाई सास्ती

महोत्तरी । महोत्तरीको एकडारा गाउँपालिका–१ स्थित एकडाराका स्थानीयलाई आफ्नो गाउँबाट अर्को ठाउँमा जान नहरको पानीबाटै यात्रा गर्नुपर्ने बाध्यता छ । स्थानीय किसानले सिचाईका लागि वर्षौँ पहिला खोलाबाट एकडारा हुँदै मनरा सिस्वा नगरपालिका र महोत्तरी गाउँपालिकासम्म नहर बनाएका थिए । तर नहरमा पुल नहुँदा तीन फिट गहिरो नहरबाटै स्थानीय आवतजावत गरिरहेका छन् । गाउँपालिकालाई पटक पटक यो समस्याबारे जानकारी गराउँदा पनि वास्ता नगरेको स्थानीयको गुनासो छ ।

राजनीतिक दलहरूले चुनावको समयमा यसैलाई देखाएर भोट माग्ने र निर्वा्चित भएपछि बिर्सने गरेको स्थानीयको आरोप छ । गाउँपालिका अध्यक्ष रामछबिला साहले भने तराई मधेस समृद्धि योजनाको सिँचाई आयोजनाअन्तर्गत ४४ लाख रुपैयाँ छुट्ट्याइएको र छिटै पुल निर्माण कार्य अघि बढाइने जानकारी दिए । आठ वर्षअघि तत्कालीन जिल्ला विकास समितिले नहरमा पुल निर्माण गर्ने भन्दै ४ लाख रुपैयाँ खर्च गरेर दुई वटा पिलर बनाएको थियो । तर ती पिलर पनि अहिले जीर्ण भइसकेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *