समाचार

रविको रिहाइपछि धुर्मुसले भने, ‘आज एकपटक फेरि सत्य र न्यायप्रेमी नेपालीले जिते’

काठमाडौं : चर्चित टेलि भिजन कार्यक्रम रवि लामिछाने अदालतवाट धरौटीमा रिहा भएपछि हाँस्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल धुर्मुसले खुसी ब्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल फेसवुक मार्फत खुसी साटेका छन् । चितवन अदालतवाट रवि रिहा भएको खबर बाहिरीएपछि धुर्मुसले सामाजिक सञ्जालमा सत्यको सँधै जित हुने कुरा प्रमाणीत भएको अभिब्यक्ति दिएका छन् ।

उनले सामाजिक सञ्जालमा भनेका छन् , अन्ततःसत्य र न्यायको जीत सदैव सुनिश्चित भएझैं भएको छ । देश भ्रष्टाचारमुक्त बन्नु पर्छ, कानुनी राज्य, विधीको शासन हुनुपर्छ । जीत सदैव नेपाल र नेपालीको हुनैपर्छ। आज एकपटक फेरि सत्य र न्यायप्रेमी नेपालीले जितेका छन् । अन्याय, अत्याचार, भ्रष्टाचार, अनियमितताका विरुद्ध तथा गरिब दुःखीको लागि न्यायको आवाज बोल्दै आउनु भएको आदरणीय रवि दाई आज झन् दर्विलो शाहसका साथ आम जनताका बीच आउनु भएको छ ।

हिरासतमा परे लगत्तैको पहिलो भेटमा तपाईंले पूर्ण आत्मविश्वासका साथ प्रशासनलाई अनुसन्धानमा पूर्ण सहयोग गर्छु भनेर गर्नुभएको प्रतिबद्धताको प्रशासन र न्यायालयले पनि सम्मान गरेको अनु भूति गरेको छु । यो जीतले समग्र न्याय क्षेत्रमा काम गर्ने अभियन्ता र सत्यका लागि साथ दिने समग्र शुभचिन्तकको जीत भएको छ ।रवि दाई, तपाईंको यो जितले मलाई पनि यो देशका लागि सत्य र न्यायको बाटोमा कत्ति पनि नडगमाई काम गर्न थप उर्जा मिलेको छ ।जय देश, जय नेपाल ।।

प्रतिक्रिया दिनुहोस्

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *