समाचार
लायन्स क्लब अफ काठमाडौं लड वुद्धबाट बृक्षारोपण कार्यक्रम सम्पन्न

काठमाडौं २ भाद्र , लायन्स क्लब अफ काठमाडौं लड वुद्ध बाट कागेश्वरी -६ चखन्डोल मुलपानी स्थित सामुदायिक वनमा बृक्षारोपण कार्यक्रम सम्पन्न भयो । प्रमुख अतिथि को रुपमा डिस्टृक्ट बाट प्रतिनिधित्व गरेर आउनुभएको मनि श्री रत्न बज्रचार्य ज्यु को उप्स्थितिमा बृक्षारोपण कार्यक्रम सम्पन्न भयो ।
बृक्षारोपण कार्यक्रमको उपसमितिको संयोजक हरी अधिकारि, सदस्य हरुमा राम श्रेष्ठ, बदन भण्डारी, उमेश धिताल रहेका थिए । बृक्षारोपणमा बिभिन्न किसिमका गरी १००० विरुवाहरु रोपिएको थियो । कार्यक्रममा क्लब को अध्यक्ष बिष्णु भण्डारीले ‘हरियो वन नेपाल को धन’ भन्ने पहिचानलाई जोगाउन र स्वस्थ वतावरण को लागि क्लबले बृक्षारोपण कार्यक्रम गरेको बतउनु भयो ।
बृक्षारोपण कार्यक्रममा क्लबका अध्यक्ष बिष्णु भण्डारी प्रथम उपाध्यक्ष हरी अधिकारि तृतिय उपाध्यक्ष बाबुराम पण्डेय सचिब देव रंजन दंगाल सह-सचिब अर्जुन ज्ञवली कोशाध्यक्ष राम श्रेष्ठ रिपोटिङ अफिसर अनिता केसी लगायत क्लबका सम्पूर्ण सदस्य हरु को उपस्थिती रहेको थियो । कार्यक्रममा क्लब को अध्यक्ष बिष्णु भण्डारीले निकट भविश्य मा क्लबले यस्ता समाजिक कार्यहरु गरीरहने बताउनु भयो ।
