समाचार

फर्निचर उद्योगमा आगलागी हुँदा रू १० लाखको क्षति

लमही / दाङको एक फर्निचर उद्योगमा आगलागी हुँदा रु १० लाख बराबरको धनमाल क्षति भएको छ । तुलसीपुर उपमहानगरपालिका–१२ टरिगाउँस्थित ओम फर्निचर उद्योगमा आगलागी हँुदा उक्त मूल्य बराबरको धनमाल क्षति भएको तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक भीमबहादुर कार्कीले बताउनुभयो ।

उहाँका अनुसार सोमबार राति १२ बजेतिर आगलागी हुँदा एउटा मोटरसाइकल, एक थान काठ चिर्ने उपकरण र दुई थान झ्याललगायत सामग्री जलेर नष्ट भएको थियो । समयमै प्रहरी पुगेर आगो निभाएकाले थप क्षति हुनबाट बचेको उहाँको भनाइ थियो । आगो आज बिहान १ः१५ बजेतिर नियन्त्रणमा लिइएको थियो ।

उद्योगका सञ्चालक ओमनारायण चौधरीले भने विद्युत् चुहावट भएर नभई कसैले सुनियोजित तरिकाले आगो लगाएको हुन सक्ने बताउनुभयो । “विद्युत् सर्ट भएको भए विद्युत् तार भएको स्थानबाट आगो लाग्न शुरु गथ्र्यो होला”, उहाँले भन्नुभयो, “तर आगो मोटरसाइकल भएको स्थानबाट शुरु भएको छ, जसको नजिक विद्युत्को तारसमेत छैन ।” आगलागी भइरहेको अवस्थामा पनि बाहिरका बत्ती बलिरहेकाले यो विद्युत् चुहावट भएर नभई कसैले व्यक्तिगत रिसइबीका कारण आगलागी गराएको हुनसक्ने भन्दै उहाँले यस विषयमा आफूले प्रहरीमा उजुरी दिने तयारी गरिरहेको जानकारी दिनुभयोे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *