समाचार

सुन्दरहरैचाकाे लक्ष्मी नारायण मन्दिरमा ३ सय १५ जाना आमाहरुलाई सम्मान

सुन्दरहरैचा / आमाको मुख हेर्ने दिन अर्थात माता तिर्थ अाैसीको अवसर पारेर मोरङको सुन्दरहरैँचा ३ वडा कार्यालयले लक्ष्मी नारायण मन्दिरमा जेष्ठ आमाहरुलाई सम्मान गरेको छ । जेष्ठ नागरिक समाज सहयाेगी संस्था रहेकाे कार्यक्रममा आफनाे वडा भित्र बसोबास गर्दै आएका आमाहरुलाई एक कार्यक्रमको आयोजना गरी सम्मान गरिएकाे छ । वडा भित्र रहँदै आएका करिव ३ सय १५ जना वृद्ध आमाहरुलाई एकै थलोमा भेला पारेर सम्मान गरिएको थियाे । आफ्नै सन्तानहरुले जन्मदिने आमाबुवाहरुलाई वेवास्ता गर्दै आएको अवस्थामा जनप्रतिनिधिहरुले सुरु गरेका यस्ता कामले समाजमा सकारात्मक प्रभाव पर्ने सुन्दरहरैचा नपाका नगर प्रमुख शिवप्रसाद ढकालले बताए ।

सम्मानकाे कार्यक्रममा स्याउ, बिस्कुट, फ्रुटी लगायत फलफूल वितरण गरिएकाे हुदा आमाहरुलाई ढाकाको चौबन्दि चोलीको कपडा वितरण गरेर यातायात खर्च बापत १ सय ५० रुपैँया समेत प्रदान गरिएकाे वडाध्यक्ष जीवन ढुङानाले जानकारी दिए । उनले जनप्रतिनिधि भएर आएपछि जेष्ठ नागरिकहरुलाई सम्मान व्यक्त गर्न कुशे औँसीमा पिताहरुलाई र माता तिर्थ औँशीमा आमाहरुलाई सम्मान गर्ने गरिएको बताए ।
नगर प्रमुख ढकाल, वडाध्यक्ष ढुंगाना, सुन्दरदुलारी उद्योग वाणिज्य संघका अध्यक्ष किशोर कार्की, समाजसेवी अजम्बर राई , शिक्षासेवी अर्जुनराज अधिकारी लगायतकाे सहभागितामा आमाहरुलाई फलफूल, विस्कुट लगायतका खानेकुरा तथा कपडा वितरण गरिएकाे थियाे । कार्यक्रममा सम्मान पाएका आमाहरुले खुसी व्यक्त गर्दै जनप्रतिनिधिले सुरु गरेको काम सकारात्मक र आवश्यक भएकोले अाफुहरुलाई सम्झेर सम्मान प्रदान गरी समाजकाे परम्परालाई जाेगाउने नयाँ पुस्तालाई आशिर्वाद दिएकाे बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *