समाचार
साम्राज्ञीले बकवास विरोधी भनेर के भन्न खोजेकी हुन् ?
अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको हालै सार्वजनिक भएको प्रेमीसँगको तस्वीर भाइरल छ । साम्राज्ञीले राखेको तस्बिरमा उनी र प्रेमी देवांशुको रोमान्सले हद पार गरेको छ ।
साम्राज्ञीले आफ्ना प्रेमीसँग विकिनीमा रोमान्स त गरेकी छिन् । तर, उनका प्रेमी र उनको आलिङ्गन हेरेर मानिसले नाक खुम्च्याएका छन् ।
यही विचमा साम्राज्ञीको एउटा भिडियो र स्टाटस आएको छ । साम्राज्ञीले मारुनीको दोश्रो गीतको छायांकनको क्रमको एउटा भिडियो राखेकी छिन् । तर, भिडियोमा उनी अगाडि होइन पछाडि दौडिएको बनाइएको छ ।
साम्राज्ञीले क्याप्सनमा लेखेकी छिन्, म असामाजिक होइन, वकबास विरोधी हुँ । साम्राज्ञीको यो स्टाटस उनको फोटोलाई लिएर भैरहेको आलोचनामा केन्द्रित रहेको वुझ्न सकिन्छ ।

उनले आफू असामाजिक नभएको बताएर समाजले पचाउने कुरा ख्याल गर्ने भन्न खोजेको हुनुपर्छ । तर, उनले आफ्नो फोटोमा भैरहेको विरोधलाई बकवास भन्न खोजेको देखिन्छ । उनले आफूलाई बकवास विरोधी समेत भनेकी छिन् ।
साम्राज्ञीको क्याप्सनको अर्थ यही नै होला । तर, साम्राज्ञीले कस्तो फोटो रिलिज गर्दा के हुन्छ भनेर वुझ्न भने आवश्यक छ ।
