समाचार
गाेठगाउंमा बसकाे ठकरबाट माेटरसाईकल चालक गम्भिर
सुन्दरहरैचा / माेरङको सुन्दरहरैचा ७ स्थित गाेठगाउँकाे लाेकमार्गमा बसको ठक्करबाट माेटरसाइकल चालक गम्भिर घाईते भएका छन् । पुर्वबाट पश्चिम तिर तिव्र रुपमा जादै गरेकाे मे १ ख २१४२ नम्बरकाे बसले विपरित दिशाबाट अाउदै गरेकाे मे १० च ६२११ नम्बरको मोटरसाईकल चालक झापा २ बस्ने बर्ष २५ का जीवन राईलाई ठक्कर दिदा गम्भीर दुर्घटना भएको हाे ।

माेटरसाईकलमा सवार राईकाे सवारी साधनकाे ठक्करबाट गम्भीर दुर्घटना भएकोले ठक्कर दिने बसलाई नियन्त्रणमा लिई घाइतेलाई उपचारका लागि नाेवेल हस्पिटल पठाईएकाे इलाका प्रहरी कार्यालय बेलवारीले जनाएकाे छ ।
