समाचार

विप्लव नेता पौडेलको हातखुट्टा छियाछिया पारेर गरिएको बर्बर हत्याले पञ्‍चायत कालको याद आयो : जनार्दन शर्मा

काठमाडौं : नेकपाका नेता जनार्दन शर्माले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जिल्ला इञ्चार्ज कुमार पौडेल हत्याको घटना गम्भीर भएको बताएका छन्। आइतबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेता शर्माले यस्तो बताएका हुन्।संविधान हुँदाहुँदै यसबाट बाहिर गएर निर्ममतापूर्वक पौडेलको हत्या हुनु खेदजनक रहेको भन्दै उनले आपत्ती जनाए।

नले भने,’ निर्ममता ढंगले हात खुट्टा छियाछिया पारेर हत्या गरिएको भन्ने सुन्नमा आएको छ।मलाई त्यो बेला धनमायाको हत्याको आद आयो।’ पञ्‍चायतकालमा बर्बरतापूर्वक हत्या भएको याद आयो।’ शर्माले यस्तो प्रवृत्तिलाई बेलैमा कारबाही नगर्दा परिवर्तित व्यवस्थाप्रति नै प्रश्नन उठने सक्ने बताए।नेता शर्माले निलम्बित सांसद रेशम चौधरीलाई नेल लगाएर उपचार गरेकोमा पनि आपत्ती जनाए।

उनले भने, ‘यी जुन घटना भइरहेका छन् यसलाई संघीय गणतन्त्रसँग जोडेर मास भड्काउने काम भइरहेको छ। यसमा सरकारको ध्यान जाओस्। उनले लोकसेवाको विज्ञानपनमा पनि मास भड्काउने काम भएको दाबी गरे। शर्माले राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्रीलाई तत्काल बोलाएर पौडेलको हत्या विषयमा जवाफ माग्नुपर्ने माग गरे।

यस्तै, समिति सदस्य दिलेन्द्र बडूले प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै विषयलाई पनि व्यवस्था परिवर्तनसँग जोडेको भन्दै आपत्ती जनाए। ‘प्रधानमन्त्रीले जे सुझाव दिन खोज्दा पनि व्यवस्था परिवर्तनलाई उल्ट्याउन खोजियो भनेर आरोप लगाउनुहुन्छ,’बडूले भने,’ गुठी विधेयक फिर्ता लिँदा पनि गलत व्याख्या भयो भनेर भन्नुभयो। यसले वातावरण खल्बल्यायो। प्रधानमन्त्रीले परामर्शन लिनुपर्ने भयो भनेर फिर्ता गरेको भए सहज हुनेथियो।’

यस्तै, सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै समिति सभापति शशी श्रेष्ठले यस विषयमा समिति गम्भीर भएको बताइन्। उनले सोमबार गृहमन्त्री रामबहादुर थापालाई विपद् व्यवस्थापनको विषयमा छलफल गर्न बोलाइएकाले यही क्रममा पौडेल हत्याका बारेमा पनि सोधिने स्पष्ट पारिन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *