समाचार

भोजपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई गम्भिर घाइते

भोजपुर / भोजपुरको अरुण गाउँपालिका –६ जरायोटारमा ट्रकले मोटरसाइकललाई आज विहान ठक्कर दिँदा दुई जना घाइते भएका छन् । भोजपुरबाट धरान तर्फ जादै गरेको ना ६ ख ४४८४ नम्वरको ट्रकले विपरित दिशाबाट (भोजपुर तर्फ) आउदै गरेको को ३१ प ४५४५ नम्वरको मोटरसाईकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
घाइते हुनेमा धनकुटा हिलेका ४५ वर्षीय गणेश पाण्डे र धनकुटा मुगाका ३५ वर्षीय मनकुमार तामाङ्ग रहेको प्रहरीले जनाएको छ । घाइते दुवैको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । ट्रक र ट्रकका चालक भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिका –३ का मदन राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाइतेहरुलाई तत्कालै उपचारको लागि धरान तर्फ लगिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *