समाचार

चौलानी नदीमा हामफालेर १५ वर्षे किशोरी बेपत्ता


बैतडी – बैतडी र दार्चुलाको सीमामा बग्ने चौलानी नदीमा हामफालेर एक किशोरी बेपत्ता भएकी छिन्।बेपत्ता हुनेमा १५ वर्षीया आशा नाथ रहेकी छिन्।

डिलाशैनी गाउँपालिका–६ खरेल गाउँकी आशाबिहीबार साँझ सात बजेतिर नदीमा हाम फालेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

बिहीबार देखि नै खोजी सुरु गरिएको भएपनि नाथको अवस्था अहिलेसम्म पत्ता लगाउन नसकेको प्रहरीले जनाएको छ । उनी नदीमा हाम फाल्नुको कारणबारे पनि केही खुलेको छैन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *