समाचार

कुलमान घिसिङले भन्छन -‘अति बिपन्न परिवारलाई निशुल्क बिधुत मिटर’ बितरण गर्छौ !

हेटौंडा , नेपाल बिधुत प्राधिकरणले बिपन्न परिवारलाई निशुल्क बिधुत मिटर बितरण गर्न लागेको छ । घर अगाडी बिधुतका पोल गाडीएको छ, तार तानिएको छ ।

तर, बिधुत मिटर समेत खरिद गर्न नसक्ने अति बिपन्न परिवारलाई निशुल्क मिटर बितरण गरिने नेपाल बिधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो ।

स्थानीय तहको सिफारिसमा निशुल्क मिटर बितरण गरिने उहाँले बताउनुभयो । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलसंग आज हेटौंडामा भएको भेटका क्रममा उहाँले गरिब परिवाले पनि बिजुली बाल्न पाउने बनाउन लागिएको बताउनुभयो ।

देशैभरीमा बिधुत बिस्तार गर्ने योजना अनुसार दुई बर्षमा १० लाख वटा नयाँ मिटर बितरण गरिएको उहाँले बताउनुभयो । बिधुत बिस्तारको काम संगै उत्पादन पनि उत्तिकै भईरहेको उहाँले बताउनुभयो । काठको पोलका स्थानमा फलाम र सिमेन्टका पोल फेर्ने अभियानमा प्राधिकरण लागिपरेको उहाँको भनाई छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *