समाचार
प्रेमिकाकाे हत्या गर्ने सुनार पक्राउ

श्रावण,५ साेमवार २०८२
काभ्रेपलान्चोक । बनेपा नगरपालिका स्थित भगवान थुम्की सामुदायिक जंगलमा मृत फेला परेकी महिलाकाे हत्या आफ्नै प्रेमीले गरेकाे खुल्न आएको छ। आज जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले पत्रकार सम्मेलन गरि महिलाकाे हत्या आफ्नै प्रेमी सन्तोष सुनारद्वारा भएको जानकारी दिएको हो ।
प्रहरीले साउन ४ गते महिला मृत अबस्थामा रहेको सुचना पाएकाे थियो । सुचना पाउना साथ घटनाको अनुसारको लागि इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी नायव उपरीक्षककाे कमान्डमा १५ जनाकाे टाेली खटिएको थियो । साथै धुलिखेल अस्पतालकाे फरेन्सिक डाक्टरकाे प्रारम्भिक अनुसन्धानले घटनाको प्रकृति पत्ता लगाउन सहयोग भएको प्रहरीले बताएको छ।
मृतक महिला चौरीदेउराली गाँउपालिका वडा नम्बर १ डाँडखर्क घर भई हाल बनेपा वडा नम्बर ९ बस्ने कमल बहादुर उप्रेतीको छाेरी ३३ वर्षिय सर्मिला उप्रेती रहेको पुष्टि भएको छ। मृतक उप्रेती असार ३२ गतेदेखि सम्पर्क विहिन थिइन् ।
घटना संलग्न व्यक्ति रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्वर १३ बस्ने सन्तोष सुनार रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता मीन बहादुर घलेले जानकारी दिनु भयो ।
प्रवक्ता घलेका अनुसार, उनिहरु विगत दुई वर्ष देखि प्रेममा थिए। प्रेमिका आफुसँग टाढिन खाेजे पछि हत्या गरेकाे सुनारले स्विकार गरेका छन् । घुम्न जाने निहुँमा जंगलमा लगेर दाउराले हानेकाे र सलले बाँधेर झुन्डिएको बयान अभियुक्त सुनारले दिएका छन् ।
सुनारलाई प्रहरीले बनेपा नगरपालिका वडा नम्बर १० इटाभट्टाबाट पक्राउ गरेको थियो । घटना पश्चात उनी काेठामा लुकिछिपि बसेका थिए। हाल उनलाई ४ दिनकाे म्याद थपिएको छ।


