समाचार
सामाजिक सुरक्षा ऐन लागु गर्न माग गर्दै राजविराजमा प्रदर्शन
सप्तरी / सामाजिक सुरक्षा ऐन लागु गर्न माग गर्दै सप्तरी सदरमुकाम राजविराजमा प्रदर्शन गरिएको छ । १३०औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर बुधवार नेपाल टे«ड यूनियन काँग्रेस सप्तरीको अगुवाईमा शिक्षक, मजदुर तथा कर्मचारीले प्रदर्शन गरेका हुन ।

ट्रेड युनियन काँग्रेस सप्तरीका अध्यक्ष मनोज कुमार मण्डलको नेतृत्वमा काँग्रेस पार्टी कार्यालयबाट निस्केको जुलुस समाजिक सुरक्षा ऐन अविलम्ब लागु गर्न माग गर्दै बाजार क्षेत्र परिक्रमा गरेको थियो । जुलुसमा सहभागी टे«ड यूनियन काँग्रेसका केन्द्रीय सदस्य भोगेन्द्र झाले गणतन्त्र प्राप्ति पछि पनि मजदुर, शिक्षक, कर्मचारीको अवस्था ज्यूँ का त्यूँ रहेको तथा उनीहरको अधिकार सुनिश्चिताका लागि सामाजिक सुरक्षा ऐन लागु गर्न सरकारलाई दवाव दिने उदेश्यले प्रदर्शन गरिएको बताउनु भयो ।


