बिचार/ब्लगमनोरञ्जनविश्वसमाचार

प्रभावशाली नेता न्यौपाने पर्नु भएन समानुपातिक सांसदमा

चैत २ साेमबार,२०८२ 

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता प्रमाेद न्यौपाने समानुपातिक सांसदकाे घेराबाट बाहिरिनु भएको छ। सभापति रवि लामिछानेको हरेक समस्या ,अफ्ट्यारो र मुद्दा मामलाहरुमा साथ दिदै पार्टी निर्माणमा खराे उत्रनु भएका नेता समानुपातिक सांसद हुन नपाउनु अशाेभनिय मानिएकाे छ।

प्रत्यक्ष निर्वाचनमा उमेद्वारी दिएकाे भए पनि उहाँको  जीत सुनिश्चित थियो । राज्यले लगाएका विभिन्न मुद्दामा न्यौपानेले  सभापति रवि लामिछानेकाे पक्षमा सामाजिक संजाल र संचारमाध्यम मार्फत प्रतिवाद गर्नु भएको थियो । सायदै देशका जुन कारागार र हिरासतमा लामिछानेलाई राखिएको भएपनि जनतालाई सामाजिक संजाला मार्फत जानकारी दिने एक मात्रै पात्र न्यौपाने हुनुहुन्थ्यो ।

आफू समानुपातिकमा नपरेपछि नेता न्यौपानेले सामाजिक संजालमा लेख्दै भन्नू भएको छ,“ दृढ संकल्पका साथ रास्वपाको कीर्तिमानी जितलाई आधार मानेर आम जनतालाई व्यक्तिगत सत्कर्मबाट पनि ‘न्याय’ अनुभूति गराउने प्रयास निरन्तर जारी राख्ने छु । आगामी दिनमा बन्ने सरकार र १८३ जना रास्वपाका सांसदले दिने सकारात्मक परिणामको अपेक्षा गर्दछु ।´´ न्यौपानेले आफू प्रति साथ, सद्भाव र शुभेच्छा व्यक्त गर्ने सबैलाई आभार प्रकट गर्नु भएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *