समाचार

मोटरसाइकल दुर्घटना हुँदा २७ वर्षीय अर्जुनको गयो ज्यान

उदयपुर — उदयपुरको वेलका नगरपालिका( ८ रगमहलमा आइतबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा दुर्घटनामा वेलका नगरपालिका-२ का २७ वर्षीय अर्जुन यादव छन् । दुर्घटनामा वेलका नगरपालिका-२ का २६ वर्षीय देवचन यादव र २७ वर्षीय अर्जुन यादव घाइते भएका थिए ।

अर्जुनको उपचारको क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रहरी उपरिक्षक चन्द्रदेव राईले बताए । सख्त घाइते देवचनको धरानमै उपचार भइरहेको छ ।

धरान र चतरार गाईघाट सडकखण्ड अन्तरंग रंग महलको ओरालो घुम्तीमा पूर्वबाट पश्चिम जाँदै गरेको स १० प ४२०३ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *