समाचार

मोवाइल ग्राहकले त नयाँ भर्सन आएपछि पुरानो भर्सन किन्दैनन,जनताले किन पार्टीको नयाँ भर्सन खोज्दैन

नवलपरासी, ११ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता गुरुराज घिमिरेले देश वनाउन काँग्रेसको विकल्प नभएको बताएका छन्।

तर त्यसका लागि काँग्रेसमा नयाँ भर्सनको विचार र दृष्टिकोण आवश्यक रहेको उल्लेख गर्दै नेता घिमिरेले भने– काँग्रेस नेतृत्वले पार्टी भित्र नयाँ विचार र पद्धती ल्याउन युवा पुस्तालाई जिम्मेवारी सुम्पनुपर्छ ।

मोवाइल ग्राहकले त नयाँ भर्सन आएपछि पुरानो भर्सन किन्दैनन । जनताले पार्टीको नयाँ भर्सन खोज्दैन र उनले प्रश्न गरे।  नेपाली काँग्रेस जिल्ला कार्य समिति नवलपरासीद्वारा वीपी स्मृति दिवसको अवसरमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै युवा नेता घिमिरेले पुरानो भर्सनको नेतृत्वले त्यो नवुझ्दा पराजित हुनुपरेको टिप्पणी गरे।

काँग्रेस सभापति शेर वहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले नयाँ भर्सन सहित जिम्मेवारी सम्हाल्न सक्ने नेतृत्वलाई जिम्मेवारी सुम्पनु पर्ने उनको भनाई छ ।

उनले भने,‘या त सुध्रिनुपर्‍यो । पेलेजस्ता चर्चित खेलाडीले त निश्चित समयपछि मैदान छोड्छ । त्यसो गर्दा इज्जत पनि सधैं कायम रहन्छ । अहिलेसम्म मैदानमा रहेको भए कुनै समय कमाएको चर्चा विलय हुन्थ्यो । पेलेले मैदान वाहिर वसेर टिमलाई जिताउन हौसला प्रदान गर्छ । यो पाठ पार्टी नेतृत्वले सिक्नुपर्ने पार्टी केन्द्रिय सदस्य गुरुराज घिमिरेको भनाई थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *