समाचार

नयाँ वर्षकाे पहिलाे बिहानीमै दुई ठुला दुर्घटना : ७ को मृत्यु, ३४ जना घाइते

आज २०७६ साल नया बर्ष । नयाँ वर्षकाे पहिलाे बिहानीमै दुई ठुला दुर्घटना भएको छ । आजकै दिन लुक्ला विमानस्थलमा समीट एयरको जहाज दुर्घटनामा परेको छ । लुक्लाबाट रामेछापका लागि उड्नेक्रममा समीट एयरको ९ एन एमएच कलसाइनको विमान दुर्घटनामा परेको हो ।

उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर मनाङ र श्री एयरलाइन्सको हेलिकोप्टरमा ठोक्किएर दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी समीट एयरका को पाइलट एस ढुंगाना र प्रहरी असई रामबहादुर खड्काको मृत्यु भएका छन् । समीट एयरकै अर्का कोपाइलट आरबी रोकाय सहित अन्य २ जना गम्भीर घाइते रहेको बताइएको छ ।

त्यसैगरि, पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१, बगवानी जंगलमा रिजर्भ बस दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । साे दुर्घटना मा ज्यान गुमाएका र घाईते भएका अधिकांश सुनसरी र मोरङ जिल्लाका रहेका प्रहरीले जनाएको छ ।

काठमाडाैँबाट बा ३ ख १३१८ नम्बरको सुन्दरीमाई यातायातकाे बस रिजर्भ गरेर नयाँ वर्षकाे अवसरमा घर फर्किँदै गर्दा दुर्घटनामा परेका हुन् । दुर्घटनामा अनिल उराउ, बबी उराउ र श्रीमान्त चौधरीको ज्यान गएको ईलाका प्रहरी कार्यालय लालबन्दीका इन्सिपेक्टर किरण न्यौपानेले जानकारी दिए ।

दुर्घटनामा घाईते भएका ३१ जनामध्ये ४ जनाकाे अपस्था गम्भीर रहेकाे छ, उनीहरुलाई थप उपचारका लागि विराटनगरतर्फ लगिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *