समाचार
साह्रै दुखद् खबर : १४ वर्षीय छोराले गरे बुवाको हत्या
धनकुटा । धनकुटामा एक १४ वर्षीय किशोरले आफ्नै बुवाको हत्या गरेका छन् । किशोरले शनिबार राति कोदालाको पासोले टाउकोमा प्रहार गरी हत्या गरेका हुन् ।
जिल्लाको शहीदभूमि गाउँपालिका ४ पिप्लेमा विज्ञान राईले ५५ वर्षीय बुवा इन्द्रबहादुर राईको हत्या गरेका हुन् । बेलुका साढे ७ बजे विवाद हुँदा उनले हत्या गरेको प्रहरी चौकी आँखीसल्लाले जनाएको छ ।
विज्ञानलाई पक्राउ गरी शनिबार राति नै जिल्ला प्रहरी कार्यालय धनकुटा पठाइएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाले घटनाबारे अनुसन्धान भइरहेको बताएको छन् । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटा लगिदै छ ।
आमाबुबाले पोर्न सामग्री नष्ट गरिदिएपछि छोराले गरे आमाबुबाविरुद्ध मुद्दा दर्ता !
पोर्न सामग्री नष्ट गरिएपछि अमेरिकाका एक व्यक्तिले आफ्नै आमाबुबाविरुद्ध मुद्दा दर्ता गरेका छन्।

इन्डियाना राज्यका ४० वर्षीय ती व्यक्तिले १२ वटा झोलामा अश्लील डिभिडी तथा म्यागेजिन संगालेर राखेका थिए। तर उनका आमाबुबाले ती सामाग्री फ्याकिदिएपछि युवकले रुष्ट भएर आमाबुबाविरद्ध मुद्धा दर्ता गरेका हुन्।
उनले २९ हजार अमेरिकी डलर क्षतिपूर्तिको माग गरेका छन्। सन् २०१६ मा सम्बन्ध विच्छेद भएपछि इन्डियाना घर भएका ती व्यक्ति मिसिगन ग्रान्ड हेभनमा आमाबुबासँगै बस्दै आएका छन् ।