समाचार

पथरी काण्डको सिसि टिभि फुटेज बाहिरियो , राती यस्तो सम्म गरेका दृश्यहरु देखिए

पथरी । गत शनिबारदेखि अशान्त बनेको मोरङको पथरीशनिश्चरे बुधबार बिहानबाट क्रमश शान्त बन्दै गएको छ । सोमबार र मंगलबार दिनभर तनावग्रस्त बनेको पथरी बजार क्षेत्रमा प्रहरीले भिड नियन्त्रण गर्न दर्जनौ सेल अश्रुग्याँस समेत प्रहार गर्नुपर्यो ।मोरङको पथरीशनिश्चरेमा शनिबार बिहान नग्न अबस्थामा मृत भेटिएकी ब्यबसायी २९ बर्षिया रुपा (रिना) बस्नेतको घटनाको बास्तबिकता सार्बजनिक गर्न माग गर्दै आल्दोलन गरेको समितिले सोमबार संघर्ष समिति गठन गरेको थियो ।

ईलाका प्रहरी कार्यलय पथरी घेराऊ गर्न गएको स्थानीयको भिडलाई तितरबितर पार्न प्रहरीले मंगलबामध्यान्ह २ राउण्ड हवाई फायर गरेपछि भाग्ने क्रममा एकजना घाईते भएका छन । नगरपालिका तालाबन्दी र घेराउपछि ईलाका प्रहरी कार्यलय अघि रिनाको हत्यारा सार्बजनिक गर्न माग गर्दै नाराबाजी गर्ने क्रममा पथरी १ का जितबहादुर लावती घाईते भएका छन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *