समाचार

आँफुलाई काँग्रेस नेता मध्यरातमा बलात्कार गर्न आएको भन्दै युवतीले प्रहरीलाई गरिन् खबर, त्यसपछि…

काठमाडौँ – नुवाकोटकी एक युवतीको डेरामा नै गएर ढोका फोडेर बलात्कार प्रयास गरेको आरोपमा काँग्रेसका एक नेता पक्राउ परेका छन् । घटना हो चैत २२ गते शुक्रबारको । गोंगबुमा डेरा गरी बस्ने विदिता नाम परिवर्तन लाई नेपाली कांग्रेस नुवाकोटका नेता रमेश अर्यालले चैत २२ गते शुक्रबार मध्यराति ढोका फोडेर बलात्कार प्रयास गरेका थिए । युवती र छिमेकीले प्रहरीलाई खबर गरेपछि अर्याललाई पक्राउ गर्न प्रहरी सफल भएको छ ।

महानगरीय प्रहरी वृत महाराजगञ्जका अनुसार मध्यराति १२ बजे ढोका फोरेर प्रवेश गरी बलात्कारको प्रयास गरेको सूचनाको आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका अर्याल माथि अनुसन्धान गरिरहेको र अब अदालतमा मुद्दाको सुनुवाइ हुने प्रहरीले जनाएको छ ।

युवतीले अर्यालसँगै नुवाकोटकै राजु श्रेष्ठको नाममा समेत किटानी जाहेरी दिएपछि काँग्रेस नेता पक्राउ गरी प्रहरीले थप अनुसनधन गरिरहेको छ । आरोपित नेताले भने आरोप अस्विकार गर्दै आइरहेका छन् भने अर्यालका साथीहरू भने अर्याल र पिडित भनिएकी युवती बीच सम्बन्ध रहेको र दुबैबीच खटपट भएपछि बलात्कारको आरोप लगाइएको र अर्याल निर्दोष रहेको बताउँदै आएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *